Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आज बस्दै

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आज बस्दै

  • काठमाडौं । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक मंगलबार (आज) बस्ने भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल र चीनका तर्फबाट उपविदेशमन्त्री सुन वेइतोङले गर्दैछन्।

    onlinepatrika
    Arghakhachi

    यसअघि संयन्त्रको बैठक २०७९ चैतमा बेइजिङमा भएको थियो। बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यो संयन्त्रको सोह्रौं बैठक हो।

    AGNI GROUP

    बैठकमा सहभागी हुन उपविदेशमन्त्री सुन सोमबार काठमाडौं आइसकेका छन्। सोमबार नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल  'प्रचण्ड'सँग भेट गरेका छन्।

    बुधबारसम्म नेपालमा रहने सुनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट्ने कार्यक्रम रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij