Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विदेशबाट आएका एक युवकको होटलमा मृत्यु, साथमा आएकी महिला फरार

विदेशबाट आएका एक युवकको होटलमा मृत्यु, साथमा आएकी महिला फरार

  • काठमाडौं । सिरहा धनगढीमाई नगरपालिका-१० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ का करिव ३२ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    होटल संचालक धर्मा महतोका अनुसार विहान ९.३० बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी थिए । धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल संचालक महतोले जानकारी दिए । 

    AGNI GROUP

    मृतक कामती वैदेशिक रोजगारीबाट आज विहानमात्र घर आईपुगेको परिवारजनले जानकारी दिए । मृतका बुवा रामनारायण कामतीले विदेशबाट आउने वितिकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताए । मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी छन् । 

    कामतीको मृत्यु शंकास्पद रहेको जनाउँदै मृतक कामतीसँग प्रवेश गरेकी अपरिचित महिला फरार रहेको वताउँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनास्थमो प्रकृति मुचुलका उठाउने काम भईरहेकोले तत्काल केही बताउन नसकिने जनाएकोछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij