Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कांग्रेस र एमालेले आज बस्ने भनिएको नगरसभाको बैठक रोकेर गएको बताएका छन्। (शुक्रबार) आज सामाजिक सञ्जाल पोष्ट गर्दै उनले यस्तो बताएका हुन्।
आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगरसभा बैठक बोलाइएको थियो। तर,स्थगित भएको छ। उनले भनेका छन्,‘एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो, मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ,सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला,त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij