
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । झापामा लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य किसनगञ्ज जिल्ला, धनतौला ग्राम पञ्चायतका ३२ वर्षीय तनवीर आलम छन् ।
आलमको साथबाट प्रहरीले ७ ग्राम ब्राउन सुगरसहित ३९ हजार नेपाली रुपैयाँ, २ सय भारतीय नगद र एउटा मोबाइल फोन बरामद गरेको प्रहरीले जनाएको छ ।
शनिबार साँझ करिब साढे ६ बजेको समयमा झापा गाउँपालिका–५, पान्तपाडामा चेकजाँचका क्रममा आलमको साथबाट प्रतिबन्धित लागुऔषध फेला परेको हो । प्रहरीका अनुसार उनी भारतीय नम्बर प्लेट बीआर ३७ एच ९५५५ को मोटरसाइकलमा सवार थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij