Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ललितपुरको कान्ति लोकपथमा पहिरो खस्दा सडक अवरूद्ध बनेको छ। सोमबार बिहान बागमती गाउँपालिका-३स्थित कान्ति लोकपथमा पहिरो खसेर सडक अवरूद्ध भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार ठूलो ढुंगासहितको पहिरो खसेर सडक अवरूद्ध बनेको हो। मकवानपुर जाने उक्त सडक खुलाउन डोजर पठाइएको छ। अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij