Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । मोरङ प्रहरीले महिलाहरुलाई यौन व्यवसाय लगाउने एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
विराटनगरमा घर भाडामा लिई विभिन्न स्थानबाट महिलाहरुलाई भेला जम्मा पारी विराटनगर लगायत आसपास एरिया इलाकामा रहेका होटल, गित गजल, डान्सबारहरुमा काम लगाई दिने बाहानामा यौन व्यवसायमा जबरजस्ती लगाउने जिल्ला झापा बिर्तामोड गरामनी बस्ने बर्ष २४ की सन्ध्या चुडाललाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
एसपी नवराज कार्की उक्त कार्यमा संलग्न भएको भनी पिडितबाट खुल्न आएकोले निजलाई पक्राउ गरिएको र अन्य संलग्न व्यक्तीहरुको खोजी कार्य भईरहेको बताए । पिडितहरुले दिएको किटानी जाहेरी अनुसार पिडित महिलाहरुलाई प्रलोभनमा पारी विराटनगरमा झिकाई बोलाई डर, त्रास, धम्की र कुटपिट समेत गरी यौन व्यवसाय कार्यमा जबरजस्ती लगाउने गरेको पाईएको उनले बताए ।
उनीहरुको समूहले यौन व्यवसाय,मानव बेचविखन तथा ओसारपसार अपराध गरेको खुल्न आएकोले पिडितहरुको स्वास्थ्य जांच तथा प्रारम्भिक अनुसन्धान सम्पन्न गरी उक्त कसुरमा संलग्न निज प्रतिवादी संध्या चुडाललाई मोरङ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाउने छ भने यसमा संलग्न अन्यको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij