Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

काठमाडौं गौचरणबाट १४ किलो चाँदी बरामद

काठमाडौं गौचरणबाट १४ किलो चाँदी बरामद

  • काठमाडौं । भारतीय नम्बर प्लेटको गाडीबाट १४ किलो भन्दा बढी चाँदी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    राजधानीको सानो गौचरणस्थित एक अटो वर्कसपभित्र रोकी राखेको अवस्थामा बीआर०६ यू ९०५३ नम्बरको गाडीबाट १४ किलो २५० ग्राम चाँदीका गरगहनाहरू बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

    AGNI GROUP

    चाँदी ल्याउने कार्यमा संलग्न भारतीय नागरिक अमन कुमार, बिकी कुमार साह र चालक पर्साका श्रवण प्रसाद कानुलाई समेत नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए ।

    उनीहरूले अवैध रूपमा गहनाको आकार दिएर चाँदी ल्याउँदै काठमाडौँमा बिक्री वितरण गर्ने गरेको खुलेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij