Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नाबालक छोरासहित हराएकी महिला भुटानमा बन्दी...!

नाबालक छोरासहित हराएकी महिला भुटानमा बन्दी...!

  • काठमाडौं । बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन् ।

    onlinepatrika
    Arghakhachi

    श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर, जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका लागि भारतमा रहेका ठकुरी चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लागे ।

    AGNI GROUP

    यतिञ्जेलसम्म उनकी श्रीमती भुटानमा बेचिइसकेकी थिइन् । यसबारे जानकारी पाएपछि उनी छाँगाबाट खसेजस्तै भए ।

    “गत वैशाख ५ गते माइत जान्छु भनेर चार वर्षीय छोरासहित श्रीमती घरबाट निस्किएकी थिइन् । माइत पुगेर फोन गरिनन्, मैले गर्दा पनि सम्पर्क हुनसकेन । त्यतिबेला म रोजगारीका लागि भारत गएको थिएँ । श्रीमती सम्पर्कमा नआएपछि चार दिनमै घर फर्किएर बुझ्दा त श्रीमती र छोरालाई दलालले भुटान लगेर बेचिसकेका रहेछन्”, ठकुरी भन्छन् ।

    ठकुरीले दिएको जानकारीअनुसार उनकी श्रीमती जेठानी दिदीसँग घरबाट निस्के पनि नजिकैको मदनचोक बजार पुगेपछि एकाएक सम्पर्कविहीन भएकी थिइन् । बुझ्दै जाँदा नेपालगञ्जकी रमिला विक नाम गरेकी एक महिलाले तीस हजार भारतीय रुपैयाँमा श्रीमती बेचबिखन गरेको थाहा पाएको उनको भनाइ छ ।

    “श्रीमती र छोराका बारेमा जानकारी प्राप्त गर्न हामीले फेसबुकमार्फत् हराएको सूचना सार्वजनिक गरेका थियौँ । त्यही सूचनाको आधारमा भुटानमा गाडी चलाउने नेपाली सावारी चालक सुरज विकमार्फत् खबर पाएपछि भुटानमा बेचिएको थाहा भयो”, गणेशले सुनाए,“सामाजिक सञ्जालमा मेरो अन्तर्वार्ता र फोन नम्बर भेटेपछि उहाँले बन्दी बनाएर राखेको घर नजिकै श्रीमती र छोरालाई देखेको भनेर खबर गर्नुभएको थियो ।”

    सामाजिक सञ्जालमा राखिएको तस्वीरअनुसार सोधीखोजी गर्दा ठेगाना र नामसमेत मिलेको भनेर विकले आफूलाई जानकारी गराएको ठकुरीले बताए ।

    “उहाँलाई श्रीमतीले जतिसक्दो चाँडो उद्धारका लागि पहिल गरिदिन र छोराको स्वस्थ्य अवस्था पनि ठीक नभएको खबर गरेकी रहिछन्, त्यसयता उद्धारका लागि प्रहरी प्रशासनमा धाइरहेका छौँ तर, जति प्रयास गर्दा पनि कुनै निकायबाट सहयोग पाएका छैनौँ”, उनले गुनासो गरे ।

    सोही वडाका अध्यक्ष दिनेशकुमार थारुले उद्धारका लागि वडा र पालिकामा खबर गरेको पुष्टि गरे ।

    “यस खबरले हामी पनि चकित भएका छौँ । उहाँकी श्रीमती हामीले चिनेकी र राम्रो छवी भएकी महिला हुन् तर, कसरी भुटानमा बेचिनुभयो ? हाम्रा लागि पनि खोजी र चासोको विषय बनेको छ”, वडाध्यक्ष थारुको भनाइ छ,“खबर पाएदेखि खोजतलासका लागि चारैतिर पहल गरिरहेका छौँ तर, सफल भएका छैनौँ ।”

    उद्धारका लागि नेपाल प्रहरी र पालिकाको वैदेशिक रोजगार शाखामार्फत समन्वय भइरहेको उनले बताए ।

    “वैदेशिक रोजगार शाखा संयोजक धनबहादुर विकसँग समन्वय गरी सबै ठाउँमा सोधपुछ गर्दा भुटानमा रहेको निश्चित भएको छ । अब जतिसक्दो छिटो प्रहरी प्रशासनको सहयोगमा नेपाल झिकाउने प्रयासमा लागेका छौँ ।” उनले भने ।

    ईलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले ‘श्रीमती लापत्ता भएको र खोजी गरी पाऊँ’ भनि ऊजुरी प्राप्त भए पनि भुटानमा बेचिएको बारेमा लिखित जानकारी नआएको बताए  ।

    भुटानमा बेचिएको वा बन्दी बनाएको उजुरी आएमा प्रहरीले तदारूकताका साथ सोधिखोजी गर्ने पनि उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij