
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । नेप्सेले २२ सयको विन्दु पार गरेको छ । साताको अन्तिम कारोबारको दिन बिहीबार २९ अंकले बढेको नेप्से २२०४.६१ विन्दुमा पुगेको छ । आज ३३१ वटा कम्पनीको सेयर कारोबार हुँदा २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर ८७ हजार ८६ पटक किनबेच भएको छ ।
जसमा १५४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७ अर्ब बढीको कारोबार भएको छ । ७८ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज लघुवित्त समूह ०.५३ प्रतिशतले घटेर ४९४७.२४ विन्दुमा पुगेको छ भने निर्जीवन समूह १११.९० अंकले बढेर १११४२.२१ विन्दुमा पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij