Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाण्डौ । मनसुनी वर्षा भइरहेको र देशका विभिन्न क्षेत्रका राजमार्गमा अवरोध भइरहेकोले सडकको अवस्था बुझेरमात्रै लामो यात्रामा निस्किन नेपाल प्रहरीले अनुरोध गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले सडक बिग्रेका कारण यात्रु बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकोले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए।
प्रहरीकाअनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको, ठाउँरठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकोले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकसँग आग्रह गरेको छ ।
अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन आग्रह गरिएको प्रवक्ता कार्कीले बताए । उनले सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न सकिने बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij