Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अबको एक शताब्दीमा जनसंख्या वृद्धि नगरे देशको अस्तित्व नरहने: प्राडा न्यौपाने

अबको एक शताब्दीमा जनसंख्या वृद्धि नगरे देशको अस्तित्व नरहने: प्राडा न्यौपाने

  • काठमाडौं । दर्शन चिन्तक प्राडा गोपिलाल न्यौपानेले जनसंख्या वृद्धि गर्ने दिशातिर नगए अबको एक शताब्दीपछि नेपालको अस्तित्व नरहने खतरा रहेको बताएका छन् । उनले अहिले पनि पञ्चायतकालीन जनसंख्या नीतिले निरन्तरता पाउनुले देशको भविष्य भयावह उन्मुख रहेको दाबी गरेका हुन् । 

    onlinepatrika
    Arghakhachi


    काठमाडौं जस्तो राजधानी सहरमा पनि विश्वमा सबैभन्दा कम जनघनत्व (३९५ प्रति वर्ग किलोमिटर) हुनु दुर्भाग्य भएको उनको भनाइ छ । उनले भने, ‘कहिले सडकपेटी सफा गर्ने बहाना, कहिले सुकुम्बासी त कहिले पार्किङको कारण देखाउँदै मान्छे लखेटिएको छ अनि कसरी बन्छ देश । भक्तपुरमा ३,६३१, सिंगापुर ८,४३०, ढाकामा १० हजार प्रतिवर्ग किलोमिटर जनघनत्व हुँदा काठमाडौँको तीन सय ९५ मात्रै छ, अनि कसरी जनसंख्या ज्यादा भयो ?’ 

    AGNI GROUP

    जनसंख्याविद् नवराज थापाले देशको जनसंख्या घटी र बढीसँग भन्दा पनि त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मुख्य सरोकारको विषय भएको बताए । नेपालमा वर्तमान जनसंख्याको तथ्याङ्क अनुसार जन्मदर र मृत्युदर घट्न गएको र निर्भर भन्दा काम गर्ने उमेरका जनसंख्याको हिस्सा बढी भए पनि देशको राजनीतिक अस्थिरताको कारण त्यसको समुचित उपयोग नहुनु दुर्भाग्य भएको थापाले बताए ।

    उनले अघिल्लो जनगणनाको तुलनामा पछिल्ला दशकमा जनसंख्या वृद्धिदर घट्दै गएको र वृद्ध–बृद्धाहरुको संख्यामा वृद्धि हुने र उत्पादनशील जनशक्ति विदेश पलायन हुनुले देशको भविष्य संकटउन्मुख रहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij