
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै एमाले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन नेताहरु छलफलमा जुटेका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास बालकोटमा मन्त्री हुनेहरुको नाम टुंगो लगाउन आइतबार साँझ नेताहरु छलफलमा जुटेको एमालेका एक नेताले जानकारी दिए ।
उनका अनुसार छलफलमा अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरु सहभागी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij