Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज ठूलो वर्षाको सम्भावना, सचेत रहन मौसम पूर्वानुमानको अनुरोध

आज ठूलो वर्षाको सम्भावना, सचेत रहन मौसम पूर्वानुमानको अनुरोध


  • काठमाण्डौं । आज कोशी, मधेस, बाग्मती, गण्डकी  र सुदुरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाकाअनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ । यस्तोबेला देशभर एकैपठक ठूलो पानी पर्ने सम्भावना कम हुन्छ ।

    AGNI GROUP

    रातिदेखि गण्डकी प्रदेशका केही र कोशी, बाग्मती र लुम्बिनी  प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक, दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै झापाको शनिश्चरेमा एकसय मिलिमिटर पानी परेको छ ।

    ठूलो पानी परेपछि निन्दा खोलामा जलसतहले सतर्कता तह पार गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij