Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चीनको एक डिपार्टमेन्टल स्टोरमा आगलागी : १६ जनाको मृत्यु

चीनको एक डिपार्टमेन्टल स्टोरमा आगलागी : १६ जनाको मृत्यु

  • काठमाडौं । दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको छ। सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरु कैयौँ मानिस घाइते भएका छन्। 

    onlinepatrika
    Arghakhachi

    आगलागीमा परेका झण्डै ३० जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ। आगलागीपछि प्रान्तीय अधिकारीले आगलागीको कारण पत्ता लगाउने र भविष्यमा हुन सक्ने यस्ता दुर्घटना रोकथामका लागि आवश्यक काम भइरहेको बताएका छन् । चीनमा आगलागीबाट मानवीय क्षतिका घटना धेरै हुने गरेका छन्। 

    AGNI GROUP

    गत जनवरीमा दक्षिण–पूर्वी चीनको एक घरमा भएको आगलागीमा ३९ जनाको मृत्यु भएको थियो। यसैबीच थाइल्याण्डको राजधानी बैंककस्थित एक होटेलमा मृत भेटिएका ६ जनाको शरीरमा विषाक्त रासायन साइनाइड फेला परेको छ। बैंककमा रहेको लक्जरी पाँचतारे होटेलमा एक कोठामा ६ जना विदेशी नागरिक शंकास्पद अवस्थामा मृत फेला परेका थिए। 

    उनीहरूको रगत जाँच गर्दा ‘साइनाइड’ भेटिएको बीबीसीले जनाएको छ। ज्यान गुमाउनेमा भियतनामी मुलका दुई अमेरिकी नागरिक र अन्य भियतनामी नागरिक छन्। घटनापछि प्रहरीले होटेल सिल गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij