Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरमा सांस्कृतिक तथा व्यापार महोत्सव आयोजना

ललितपुरमा सांस्कृतिक तथा व्यापार महोत्सव आयोजना

  • काठमाडौं । ललितपुरको धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यही साउन ११ देखि २६ सम्म आयोजना हुने महोत्सवमा खुल्ला तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक सामानको प्रदर्शनी, सांस्कृतिक व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ता कपडा तथा भाँडाकुँडाको प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव लगायत रहने पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी दिएको छ ।

    AGNI GROUP

    राष्ट्रिय संगीतकर्मी सङ्घ ललितपुरका अध्यक्ष सुवास महतले साउन १८ र १९ गते तथा साउन २५ र २६ गते विशेष सांस्कृतिक कार्यक्रमको आयोजना हुने बताए । साउन १८ , १९ २५ र २६ गते का दिनमा मात्र महोत्सव मेलास्थलमा प्रवेश शुल्क लाग्ने अन्य दिनहरूमा निःशुल्क प्रवेश पाइने आयोजको भनाई छ ।

    महोत्सव कला सांस्कृतिक संरक्षण ललितपुर र संयुक्त नेपाल मेला महोत्सव समूह प्रा.लि. को आयोजनामा हुन लागेको हो । कार्यक्रमको सहआयोजक ललितपुर महानगरपालिका वडा नं २३ र २४ रहेको छ । महोत्सवको उद्देश्य सम्पदाको संरक्षण एवं प्रवर्द्धन आयोजकहरुको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij