Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सुदूरपश्चिममा घटाइयो मन्त्रालय सङ्ख्या

सुदूरपश्चिममा घटाइयो मन्त्रालय सङ्ख्या

  • काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय सङ्ख्या घटाएको छ । १० वटा मन्त्रालय रहेकोमा घटाएर ७ वटा कायम गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रिपरिषद्को साउन ६ गते बसेको बैठकले मन्त्रालय सङ्ख्या घटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका जलस्रोत तथा सहरी विकास मन्त्री अक्कल रावलले जानकारी दिए ।

    AGNI GROUP

    नेकपा एमाले सरकारमा हुँदा एमालेकै दबाबमा मन्त्रालय सङ्ख्या बढाएको भएपनि अहिले घटाएको रावलले जानकारी दिए ।

    एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नाउपा (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा बनेको समाजवादीका नेता एवं मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले मन्त्रालय भागबन्डा पुर्याउन गत असार १६ गते मन्त्रालय सङ्ख्या बढाएर कार्यविभाजन गरी प्रदेश प्रमुखको कहाँ प्रमाणीकरणको लागि पठाएको थियो ।

    असार १७ गते प्रमुख ठूला दल कांग्रेस र एमालेबिच भएको राजनीतिक सहमतिपछि प्रदेश सरकारबाट एमाले बाहिरिएपछि महिना दिन नपुग्दै मन्त्रालय सङ्ख्या घटाइएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij