Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एआइजी कता पुग्ने हुन्, यस्तो छ जोखना  !

एआइजी कता पुग्ने हुन्, यस्तो छ जोखना  !

  • काठमाडौं । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी नायब महानिरीक्षक डीआइजी रामदत्त जोशीको एआइजीमा बढुवा सिफारिससँगै उनको पदस्थापन र सीआईबी प्रमुख श्याम ज्ञवालीको व्यवस्थापनका निम्ति गृहकार्य सुरु भएको छ। जोशी कन्फर्म हुने बित्तिकै एआइजीहरु हेरफेर गरिने बुझिएको छ । असार १९ गते उमेशराज जोशीले उमेर हदका कारण अवकाश पाएपछि रामदत्तलाई बढुवा सिफारिस गरिएको हो । 

    onlinepatrika
    Arghakhachi

    उनी फुली थापेर हाजिर हुन आएपछि एआइजी टेकबहादुर तामाङलाई काठमाडौँ उपत्यका र सुदीप गिरीलाई सिआइबीमा लाने सोच आइजीपी बसन्त कुँवरले बनाइसकेको बुझिएको छ। त्यसो त एआइजी भीमप्रसाद ढकाल पनि उपत्यकामा आउन जोड गरिरहेका छन् । हालै बढुवा भएर ढकालले मानव स्रोत विभाग विभागको जिम्मेवारी सम्हालिरहेका छन् ।

    AGNI GROUP

    महाराजगंजको एकेडेमी हाँकिरहेका सुदीप गिरीलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा सरुवा गर्ने सोच बनेपनि पहिलो महिला मुख्य सचिव लिलादेवी गडतौला तोकिए जस्तै भ्यालीमा पहिलो महिला एआईजी पठाए बेस हुने भन्ने कतिपयको सुझाव छ। 

    सीआइबीबाट हेडक्वाटरतिर सरुवा भएकी किरण बज्राचार्यलाई उपत्यका र सीआइबीमा टेकबहादुरलाई ल्याउँदा न्याय हुने उनीहरूको भनाइ छ। सिनियर भएपनि टेकबहादुरले मौका नपाएकोले उनलाई एकपटक मौका दिनुपर्ने थुप्रैको धारणा छ। टेकबहादुर सिनियर हुन् । त्यही पनि उनले मौका पाएका छैनन् । उनलाई सीआइबीमा पठाएर किरणलाई भ्यालीमा ल्याउँदा ठिक होला । उपत्यका नेवार समुदायको हो । त्यसैले पनि किरणलाई उपत्यकाको जिम्मा दिँदा उत्तम हुन्छ गृहका एक अधिकारीले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij