Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिँदै छन्। अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत माग्नेछन्।
गत असार २० गते नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेपछि सोडारीले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।
सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij