Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पानीमा कोलिफर्म भेटिएपछि महानगरले तोक्यो दुई लाख जरिवाना

पानीमा कोलिफर्म भेटिएपछि महानगरले तोक्यो दुई लाख जरिवाना

  • काठमाडौं ।  ‘अक्वा त्रिदेव’ ब्रान्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएको छ । तारकेश्वर नगरपालिका– १० मा सञ्चालित जाम्बुलिंगा ग्रुप इन्डस्ट्रिजले उत्पादन गरेको पानीमा कोलिफर्म भेटिएको हो।

    onlinepatrika
    Arghakhachi

    सो ब्रान्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। साउन २५ गते गोंगबु क्षेत्रबाट विभिन्न पाँचवटा ब्रान्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए। काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा नमुना परीक्षण गर्दा अक्वा त्रिदेवको पानीमा फिकल कोलिफर्म भेटिएको महानगरले जनाएको छ।

    AGNI GROUP

    महानगरका अनुसार यसमा भिब्रो कोलेरा भने शून्य देखाएको छ। यो भनेको हैजा फैलिने जीवाणु नहुनु हो। डा. झाका अनुसार जरिवाना गरिएसँगै अक्वा त्रिदेवको सो ब्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ। पानीको नमुनामा कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम रहने बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij