Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शेयर कारोबारमा आज ४३ दशमलव शून्य पाँच अंकले उकालो लाग्यो

शेयर कारोबारमा आज ४३ दशमलव शून्य पाँच अंकले उकालो लाग्यो

  • काठमाडौं। धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ। कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज झण्डै ३० अर्ब बराबरको कारोबार भएको छ।

    onlinepatrika
    Arghakhachi

    नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शून्य पाँच अंकले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ।

    AGNI GROUP

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक १६ दशमलव शून्य एक अंकले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ। कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मूल्यमा कारोबार भयो।

    नेप्सेका अनुसार, बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक नौ दशमलव ६४ र एनएमबी बैंकका लगानीकर्ताले नौ दशमलव ४२ प्रतिशतले कमाएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij