Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने २ जना प्रहरीको फन्दामा

विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने २ जना प्रहरीको फन्दामा

  • काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने सुर्खेत चिङगाड गाउँपालिका-५ घर भएका ३२ वर्षीय सुरेश राना र काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-२ घर भएका ३३ वर्षीय राजेश बिष्ट रहेका छन् ।

    AGNI GROUP

    बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा इटाली, रोमानिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भनी पैसा लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई ललितपुरबाट र राजेशलाई काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।

    सुरेशले ८ जना पीडितहरूबाट १५ लाख ९३ हजार ५ सय रूपैयाँ र राजेशले १ जना पीडितबाट १ लाख ८० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij