Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

५ वटा रेमिट्यान्स स्वतः खारेज, पैसा लिन बाँकी भए ३५ दिनभित्र जानकारी दिन आग्रह

५ वटा रेमिट्यान्स स्वतः खारेज, पैसा लिन बाँकी भए ३५ दिनभित्र जानकारी दिन आग्रह

  • काठमाडौं । ५ वटा रेमिट्यान्स स्वतः खारेज भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले निकालेको सूचना अनुसार विभिन्न ५ वटा रेमिट्यान्स भए खारेज भएका हुन् । ग्लोबल माउन्टेन रेमिट, राम्रो रेमिट, संसार रेमिट, ललित मनि ट्रान्सफर र माक्स मनि ट्रान्सफर प्रालि खारेज भएको हुन् ।

    images
    images
    images
    बैंकबाट विप्रेषण कारोबार गर्न इजाजत पत्र प्राप्त गरेका रेमिटेन्स कम्पनीहरूको इजाजत पत्र नेपाल राष्ट्र बैंक, विप्रेषण नियमावली, २०७९ (प्रथम संसाधनसहित) को विनियम १३ को उप विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज भएको हो ।

    विप्रेषण कारोबारको सिलसिलामा ५ वटा कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र जानकारी गराउन पनि सर्वसाधारणमा राष्ट्र बैंककले आग्रह गरेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग लिखित जानकारी दिनु पर्ने छ ।

    नेपाल राष्ट्र बैंक, विप्रेषण नियमावली, २०७९ (प्रथम संसाधनसहित) को विनियम १३ को उपविनियम (८) बमोजिम यो सूचना प्रकाशन गरिएको राष्ट्र बैंकले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij