Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अवकाश नदिन भएको अन्तरिम आदेश खारेजीको माग गर्दै बुधवारसम्म निवेदन दिने तयारी

अवकाश नदिन भएको अन्तरिम आदेश खारेजीको माग गर्दै बुधवारसम्म निवेदन दिने तयारी

  • काठमाडौं । नेपाल प्रहरीका कर्मचारीलाई ३० वर्षे सेवा अवधिका कारण अवकाश नदिन भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले बुधवारसम्म सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi
    सर्वोच्च अदालत नियमावली २०७४ को नियम ५० बमोजिम सकेसम्म मंगलबार नै निवेदन दिने तयारी भइरहेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए । ‘सकेसम्म आजै निवेदन दिन्छौँ नत्र भोलीसम्म चाहिँ हुन्छ’, दाहालले भने ।

    सर्वोच्च अदालतले भदौ ६ गते उक्त अन्तरिम आदेश जारी गरेको थियो । भदौ १६ गतेबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका ९० मध्ये २१ जना सिनियर अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि असोज १० गतेलाई पेशी तोकेको छ ।

    AGNI GROUP

    सर्वोच्च अदालत नियमावलीको नियम ५० मा एकपक्षीय सुनुवाइ गरी अन्तरिम आदेश जारी भएको वा आफ्नो कुरा प्रस्तुत गर्न मौका नपाएको कारण खुलाई कुनै प्रत्यर्थीले अदालतबाट जारी भएको अन्तरिम आदेश रद्द गर्न माग गरी निवेदन दिन सकिने उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij