Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ३० वर्षे सेवा अवधि पूरा भएर अवकाशमा जान लागेका ५ जना प्रहरी अधिकारीले अवकाश नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका हुन् । सर्वोच्च पुग्नेहरूमा एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुर छन् ।
गत बुधबार दिनअघि सर्वोच्च अदालतले मुद्दाको किनारा नलागेसम्म अवकाशमा नपठाउन सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश दिइसकेको छ । आदेशलाई टेकेर आफूलाई अवकाश नदिन माग गर्दै उनीहरु सर्वोच्च गएका हुन् ।
अन्य सेवा समूहमा ५८ वर्षसम्म जागिर खान पाइने तर प्रहरीमा ३० वर्ष पुगेपछि स्वतः अवकाश लिनुपर्ने प्रावधान समानताको सिद्धान्तविपरीत भएको तर्कसहित २१ प्रहरी अधिकारीले बुधबार दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।
सोही अनुसार पाँच प्रहरी अधिकारीले दिएको रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । ज्ञवाली यही २६ गते एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जाँदैछन् । बाँकी चार जना पनि ३० वर्षे सेवा अवधि बाँकी नै रहे पनि पद अनुसारको उमेर हदका कारण त्यस भन्दा अघि नै अवकाशमा जाँदैछन् ।
अब उनीहरुको पद समय थपिनसक्ने जनाइएको छ । सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सरकारले पुनरावलोकनको निवेदनसमेत दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij