Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

वाइफाईको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

वाइफाईको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

  • काठमाडौं । बारामा खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४६ वर्षीय विमलकुमार बस्नेत छन् ।

    images
    images
    images

    उनले वाइफाईको रिचार्ज सकिएको विषयमा विवाद हुँदा ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

    घटनामा जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

    चार दिनदेखि घरको वाइफाईमा रिचार्ज सकिएको थियो । लक्ष्मीले रक्सी खान पैसा हुने तर, वाइफाईमा रिचार्ज गर्न नहुने भनेपछि सुरु भएको थियो । विवादका क्रममा विमलले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको पाइएको डीएसपी सापकोटाले बताए ।

    घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij