
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । बुधबार बिहान सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् । बझाङको दुर्गााथली गाउँपालिका–२ झनानास्थित ट्याक्टर सेती नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरीका अनुसार ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका-२ का २० वर्षीय सञ्जय बुढासहित २ जना बेपत्ता भएका हुन् । बेपत्ता अर्काको पहिचान खुलेको छैन ।
उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा चालकसहित ५ जना सवार थिए । ३ जनाले हाम फालेर ज्यान जोगाएका छन् । घाइते उनीहरूको झोतामा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij