Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कसैले पनि जिम्मेवारी नलिएपछि महासंघको निर्वाचन स्थगित

कसैले पनि जिम्मेवारी नलिएपछि महासंघको निर्वाचन स्थगित

  • काठमाडाैं । असोज १२ मा मतदान हुने गरी तय भएको नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । महासंघले विभिन्न संघसंगठनका अध्यक्षसँग गरेको छलफलपछि बिहीबार यस्तो निर्णय लिएको हो ।

    onlinepatrika
    Arghakhachi
    १२ गते निर्वाचन गर्नका निम्ति सार्वजनिक गरिएको सदस्यताप्रति आपत्ति जनाउँदै ५६ जिल्ला शाखाका अध्यक्षले आपत्तिजनाएका थिए ।

    महासंघले बिहीबार विभिन्न संघसंगठनका अध्यक्षसहितको बैठकमा ती जिल्ला शाखालाई १२ गतेको निर्वाचन गर्ने विषयमा सहजीकरणका निम्ति अनुरोध गर्‍यो । तर, कसैले पनि जिम्मेवारी नलिएपछि निर्वाचन स्थगित गरिएको महासंघका एक पदाधिकारीले बताए ।

    AGNI GROUP

    बैठकमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, प्रेस मञ्चका महासचिव अवदेश झासहितको उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij