Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अदालतबाट सुनचाँदी व्यवसायीको पक्षमा आदेश

अदालतबाट सुनचाँदी व्यवसायीको पक्षमा आदेश

  • काठमाडौं । सर्वोच्च अदालतले वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन आदेश दिएको छ । सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट गरेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले व्यवसायीले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्ने गरी आदेश दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरूलाईसँग संगठनमा आबद्ध नभए पनि सुन खरिद गर्न नरोक्न राष्ट्र बैंकको नाममा अन्तरिम आदेश दिएको हो ।

    AGNI GROUP

    रिद्धिसिद्धि ज्वेलर्सकातर्फबाट व्यवसायी सागर ढुंगानाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यो निर्णय गरेको हो । वाणिज्य बैंकहरूमार्फत आयात गरिने सुन हालसम्म तीन व्यावसायिक संघहरूलाई मात्र वितरण हुँदै आएको थियो ।

    संघहरूमा आबद्ध व्यवसायीहरूले मात्र सुन खरिद गर्न पाउँदा अन्य व्यवसायीहरू बजार पहुँचबाट वञ्चित भएका थिए । यो एक प्रकारको सिन्डिकेट प्रणाली रहेको भन्दै गैर–आबद्ध व्यवसायीहरूले आवाज उठाएका थिए ।

    अदालतले जारी गरेको आदेशमा सबै व्यवसायीलाई सुन खरिद गर्न समान अवसर दिनुपर्ने उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij