Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाकिस्तानको हवाई हमलामा अफगानिस्तानमा १५ जनाको ज्यान गएको तालिवानलको दाबी

पाकिस्तानको हवाई हमलामा अफगानिस्तानमा १५ जनाको ज्यान गएको तालिवानलको दाबी

  • पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गरेको छ । पाकिस्तानले गरेको यस हमलामा १५ जनाभन्दा बढीको ज्यान गएको तालिवानले दाबी गरेको छ । तालिवानको रक्षा मन्त्रालयले पाकिस्तानद्वारा पाक्टिकाको बर्मलमा राति भएको हवाई हमलाप्रति कडा प्रतिक्रिया जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    अफगानिस्तानको मन्त्रालयले पाकिस्तानलाई यस आक्रमणको उचित जवाफ दिइने बताएको छ। मन्त्रालयले भन्यो, ुपाकिस्तानको हवाई हमलामा वजिरिस्तानका शरणार्थीहरूलाई निशाना बनाइएको छ। त्यहाँ रहेका मानिस पाकिस्तानबाट शरणार्थी भएर अफगानिस्तान पुगेका हुन्। यस हमलामा ज्यान गुमाउनेमा धेरै बालबालिका र महिला छन् ।

    AGNI GROUP

    यस्तो अवस्थामा पाकिस्तानले अफगानिस्तानमा आक्रमण गरेर आफ्नै जनता मारेको हो भन्ने प्रश्न उठिरहेको छ । पाकिस्तानी अधिकारीहरूले भने अफगानिस्तानमा भएको हवाई हमलाको बारेमा अहिलेसम्म कुनै पुष्टि गरेका छैनन्। मिडिया रिपोर्टका अनुसार पाकिस्तानी सेनाका नजिकका स्रोतहरूका अनुसार यस हवाई हमलाको माध्यमबाट सीमावर्ती तालिबान स्थानहरूलाई निशाना बनाइएको हो। पाकिस्तानी तालिबानले पाकिस्तानी सुरक्षा बलमाथि आक्रमण बढाएको जनाइएको छ।

    पाकिस्तानी अधिकारीहरूले अफगान तालिबानले पाकिस्तानी आतंकवादीहरूको आक्रमण रोक्न आफूहरूलाई सहयोग नगरेको दाबी गरेका छन्। तालिबान रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खावरजामीले पाकिस्तानी रक्षा स्रोतहरूले गरेको दाबीलाई खण्डन गरेका छन्।

    खावरजामीले आक्रमणमा धेरै बालबालिका, महिला र अन्य सर्वसाधारण मारिएका र घाइते भएको बताए । यद्यपि हताहतको यकिन संख्या भने आउन सकेको छैन । हालसम्म भग्नावशेषबाट महिला र बालबालिकासहित १५ जनाको शव निकालिएको छ । यो संख्या अझै बढ्न सक्छ। तालिबान र पाकिस्तान बीच तनाव लगातार बढिरहेको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij