Jun 04 2026 | २०८३, जेठ २१ गते
दैलेख : दैलेखमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारका अनुसार बिहीबार दिउँसो सदरमुकामदेखि बेस्तडा बजार जाँदै गरेको कर्णाली प्रदेश क.प्र ०२ ००१च०५३५ नम्बर को जिप नारायण नगरपालिका–८ स्थित सिमाडा नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी ८ जना घाइते भएको उनले बताए । गाडी सडकभन्दा तल खसेको छ । घाइतेहरुलाई दैलेख अस्पताल लगिएको उनले बताए । साथै घाइतेहरुको अवस्था मध्यम रहेको पनि उनको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij