Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भृकुटीमण्डपमा च्याउ मेला

भृकुटीमण्डपमा च्याउ मेला

  • काठमाडौं : सोमबार भृकुटीमण्डपमा च्याउ मेला आयोजना हुने भएको छ। राष्ट्रिय च्याउ दिवसको अवसर पारेर च्याउ उत्पादक किसान संघ, नेपालले च्याउ मेला आयोजना गर्न लागेको हो।

    onlinepatrika
    Arghakhachi

    युवालाई च्याउ उत्पादनमा प्रोत्साहन गर्न उक्त मेला आयोजना गर्न लागिएको संघले जानकारी दिएको छ।संघका अनुसार एकदिने च्याउ मेला बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म चल्नेछ। मेलामा ४० वटा स्टल रहनेछन्। भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको प्रदर्शनी समेत गरिने छ।

    AGNI GROUP

    मेलामा अवलोकनकर्ताहरूले विभिन्न प्रकारका च्याउ किन्न पाउनुका साथै च्याउका परिकारहरूको पनि स्वाद लिन सक्नेछन्। मेलामा राष्ट्रिय कलाकारहरूको उपस्थितिमा विशेष सांस्कृतिक कार्यक्रम समेत रहेको आयोजकले जानकारी दिएको छ।

    संघले उपलब्ध गराएको तथ्यांक अनुसार हाल यहाँ च्याउ खेतीमा ३५ हजार किसानहरू आवद्ध छन्। वार्षिक कारोबार १५ अर्बको रूपैयाँको रहेको छ। च्याउको बिउ उत्पादन गर्ने ल्याबको संख्या ६७ वटा छ। नेपालमा च्याउ भारतलगायत देशबाटबाट पनि आयात हुने गरेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij