Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

सिडिओबाट कर्फ्यू आदेश जारी (क्षेत्रसहित)

सिडिओबाट कर्फ्यू आदेश जारी (क्षेत्रसहित)

  • काठमाडौं । काठमाडौं जिल्लाको केही क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशअनुसार चार किल्लाभित्र आवत(जावत गर्न र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक तथा धर्ना आयोजना गर्न नपाइने उल्लेख गरिएको छ।

    images
    images
    images

    कर्फ्यू आदेश लागू हुने क्षेत्रहरू :

    images

    गौशालादेखि एयरपोर्ट, मैतीदेवी, तीनकुने हुँदै कोटेश्वर

    कोटेश्वरदेखि जडिबुटी पुल

    कोटेश्वरबाट बालकुमारी पुलसम्म

    images

    बानेश्वर चोकदेखि शंखमुल पुलसम्म

    गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कर्फ्यू आदेश जारी गरेको हो। आदेशको उल्लंघन गर्ने व्यक्तिहरूमाथि कानूनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij