Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । काठमाडौं जिल्लाको केही क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशअनुसार चार किल्लाभित्र आवत(जावत गर्न र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक तथा धर्ना आयोजना गर्न नपाइने उल्लेख गरिएको छ।
कर्फ्यू आदेश लागू हुने क्षेत्रहरू :
गौशालादेखि एयरपोर्ट, मैतीदेवी, तीनकुने हुँदै कोटेश्वर
कोटेश्वरदेखि जडिबुटी पुल
कोटेश्वरबाट बालकुमारी पुलसम्म
बानेश्वर चोकदेखि शंखमुल पुलसम्म
गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कर्फ्यू आदेश जारी गरेको हो। आदेशको उल्लंघन गर्ने व्यक्तिहरूमाथि कानूनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij