Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाथीभरामा केबलकार निर्माणको काम अघि नबढाउन सर्वोच्चको आदेश

पाथीभरामा केबलकार निर्माणको काम अघि नबढाउन सर्वोच्चको आदेश

  • काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम हाललाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    यामबहादुर लिम्बुलगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म पाथीभरामा केबलकार निर्माणको यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    AGNI GROUP

    रिटमा उल्लेखित विषयवस्तुलाई हेर्दा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्त हुने ठहर बुधबार सर्वोच्चकी न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले गरेको छ । अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा चैत २६ गते डाकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij