Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेश प्रदेश: लोसपा मधेस संसदीय दलको नेतामा राइन चयन

मधेश प्रदेश: लोसपा मधेस संसदीय दलको नेतामा राइन चयन

  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा जयनुल राइन चयन भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पार्टी अध्यक्ष महन्थ ठाकुरले राइनलाई प्रदेश संसदीय दलको नेताको जिम्मेवारी सहितको पत्र पठाएपछि सोमबार मधेशका सभामुख रामचन्द्र मण्डललाई समेत त्यसबारे जानकारी गराएको छ ।

    AGNI GROUP

    यसअघि दलका नेतामा अभिराम शर्मा रहेका थिए । शर्मा मधेस आन्दोलनमा असई थमन विक हत्याकाण्डमा दोषी ठहर भएपछि प्रदेशसभाले गत बैशाख २१ गते बर्खास्त गरेको थियो । त्यसयता लोसपा दलको नेता पद रिक्त थियो ।

    अध्यक्ष ठाकुरले प्रदेश सभामा पठाएको पत्रमा अर्को व्यवस्था नभए सम्मको लागि राइनलाई नेता मनोनयन गरिएको उल्लेख छ । ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान प्रथम संशोधित अनुसार मधेस प्रदेश सभामा संसदीय दलको नेतामा प्रदेशसभा सदस्य जयनुल राइनलाई अर्को व्यवस्था नहुन्जेलसम्म मनोनयन गरिएको व्यहोरा जानकारी साथ अनुरोध छ,’ पत्रमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij