Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

डिजिटल बैंकिङबारे जानकारी लिएर मात्र कारोबार गर्न राष्ट्र बैंककाे सुझाव

डिजिटल बैंकिङबारे जानकारी लिएर मात्र कारोबार गर्न राष्ट्र बैंककाे सुझाव

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङबारे जानकारी लिएर मात्र कारोबार गर्न सुझाव दिएको छ ।

    images
    images
    images

    केन्द्रीय बैंक आज वित्तीय चेतनाका लागि सूचना जारी गर्दै डजिटल बैंकिङबारे जानकारी लिएर मात्र कारोबार गर्न सुझाव दिएको हो ।

    वित्तीय ग्राहकलाई डिजिटल भुक्तानी सेवा स्वतन्त्र रुपमा व्यवस्थापन गर्ने सुविधा प्रदान गर्दै सुरक्षा तथा सहजता सुनिश्चित गर्ने उद्देश्यले आफूले प्रयोग गरिरहेको विविध विद्युतीय भुक्तानीसम्बन्धी सेवा विभिन्न कारणवश प्रयोग गर्न नमिल्ने अवस्थामा स्वयंले आधिकारिक मोबाइल एप वा वेब पोर्टलमार्फत निष्क्रिय गर्न सकिने तथा त्यस्तो सेवा पुनः प्रयोग गर्न परेमा फेरि सोही मोबाइल एप वा वेब पोर्टलमार्फत सक्रिय गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उपर्युक्त सेवाका लागि आफ्नो एप वा वेब पोर्टलमा आवश्यक व्यवस्था मिलाउनु पर्ने प्रावधान नेपाल राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को ग्राहकहित संरक्षणसम्बन्धी व्यवस्थामा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij