Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बुढाहरुबाट चल्दैन भन्ने भाष्य गलत छ : विश्वकर्मा

बुढाहरुबाट चल्दैन भन्ने भाष्य गलत छ : विश्वकर्मा

  • काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अब पार्टी बुढाहरुबाट चल्दैन्, पुस्तान्तरण हुनुपर्छ भन्ने गलत भाष्य निर्माण भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान,तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रममा बोल्दै उनले भर्खर बनाएका पार्टी चाँही जति वर्षकाले बनाएपनि स्वत युवाको पार्टी हुने अनि पुराना पार्टी जसले पटक–पटक क्रान्ति, संघर्ष र आन्दोलन गरेर नागरिकहरुलाई स्वतन्त्र गर्नकासाथै समृद्ध बनाउने प्रतिस्पर्धामा छन् ,त्यो चाँही स्वत बुढाको पार्टी हुन्छ ?भन्दै प्रश्न गरे ।

    AGNI GROUP

    उनले भने,‘भर्खर बनाएका पार्टी चाँही जति वर्षकाले बनाएपनि स्वत युवाको पार्टी हुने र पुराना पार्टी जसले पटक–पटक क्रान्ति, संघर्ष र आन्दोलन गरेर आज नागरिकहरुलाई स्वतन्त्र गर्नका साथै समृद्ध बनाउने प्रतिस्पर्धामा छौं । तर यो स्वत बुढाको पार्टी हो भन्ने बजारमा भाष्य छ । जनमानसमा पार्टी बुढाहरुबाट चल्दैन, पुस्तान्तरण हुनुपर्छ भनेर सजिलै भनिदिनुहुन्छ । गरेको चाँही नदेख्ने र गर्छु भन्नेलाई चाँही दिनुपर्छ भनेर हावामा विश्वास गर्ने ? यो भाष्य बजारमा देखिएको छ । देशव्यापी रुपमा यो भाष्यलाई चिर्नको लागि खण्डन गर्नेगरी एउटा सन्देश चाँही लानुपर्छ भनेर एउटा नारा तयार गरयौं ।’

    त्यस्तै उनले आफू कुन पार्टीमा छु भन्ने पनि ख्याल नगरी कांग्रेसका नेताहरुले सामाजिक सञ्जालमा आएका कुराहरुको लहलहैमा लागेर धारणा राख्ने गरेको टिप्पणी गरे ।

    २०–२२ वर्षको केटाकेटीले बनाएको पार्टी कांग्रेस भएको भन्दै वर्तमान अवस्थामा पनि पार्टीमा युवा पनि रहेको उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij