Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच शिक्षा मन्त्रालयमा वार्ता जारी छ। नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले मन्त्रालयमा वार्ता सुरु भएको जानकारी दिए।
आजको वार्तामा महासंघमा आबद्ध सम्बद्ध घटकका अध्यक्षहरू पनि उपस्थिति छन्। एकीकृत अखिल नेपाल शिक्षक महासंघका अध्यक्ष शंकर अधिकारीले पनि मन्त्रालयमा वार्ता सुरु भएको हिमाल प्रेसलाई जानकारी दिए।
महासंघले शिक्षा ऐन तत्काल जारी हुने लिखित प्रतिबद्धता सहित ९ बुँदे माग अघि सारेको छ। उक्त सहमतिमा सरकार ‘सकारात्मक’ रहेकाले आजै दुई पक्षबीच हस्ताक्षर हुने सम्भावना रहेको बताइएको छ। ९ बुँदे सहमति मन्त्रिपरिषद्बाट पारित गरेर तत्काल कार्यान्वयन हुनुपर्ने महासंघको भनाइ छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij