Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उत्तराखण्डमा हेलिकप्टर दुर्घटना

५ जनाको मृत्यु, दुई जना गम्भीर घाइते

५ जनाको मृत्यु, दुई जना गम्भीर घाइते

  • काठमाडौं । भारतको उत्तराखण्ड स्थित उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन्।

    onlinepatrika
    Arghakhachi

    आज बिहान देहरादुनबाट हर्सिल भन्ने ठाउँ जाँदै गरेको हेलिकप्टर गंगोत्रीभन्दा पर भागिरथी नदी नजिक पहाडी क्षेत्रमा दुर्घटना भएको हो। हेलिकप्टरमा सात जना सवार थिए । तीमध्ये पाँच जनाको मृत्यु र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

    AGNI GROUP

    दुर्घटनाको कारण खुलेको छैन । मृतकको परिचय पनि खुलेको छैन। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाको अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् । दुर्घटना भएको हेलिकप्टर निजी कम्पनीको हो ।

    खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । उत्तराखण्डमा केही दिनदेखि नै मौसम खराब छ । भारतको मौसम विज्ञान विभागले सो क्षेत्रमा पानी पर्ने र हावाहुरी चल्ने चेतावनी जारी गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij