
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । लागूऔषध खैरो हेरोइन सहित मकवानपुर प्रहरीले बुधबार २ जनालाई पक्राउ गरेको छ ।
बुधबार दिउँसो ३ बजेको समयमा प्रहरी टोलीले हेटौँडा–१५, रातोमाटेमा सुरक्षाजाँच गर्ने क्रममा पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–५ का २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभरलाई लागूऔषध खैरो हेरोइन १८ ग्राम १५० मिलिग्राम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बीरगन्ज बाट हेटौँडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार करण र उपेन्द्र लाई शंका लागी सुरक्षा जाँच गर्दा करण रायले बोकेको झोलामा मोवाइल चार्जर भित्र लुकाएर ल्याएको अवस्थामा लागूऔषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर जिल्ला अदालत बाट ५ दिनको म्याद लिई उनीहरु लाई हिरासतमै राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij