
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । पत्रकारको नाममा अवैद्य र अनैतिक कार्य गर्ने गैरपत्रकारहरुलाई कारबाही गर्ने नेपाल पत्रकार महासंघ सिरहा शाखाले चेतावनी दिएको छ ।
केही गैरपत्रकारहरुले अवैद्य र अनैतिक कार्य गरिरहेको भन्दै महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले आज विज्ञप्ति जारी गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ,
अवैद्य र अनैतिक कार्यमा संलग्न व्यक्तिहरू फेला परेमा वा यस्ता गतिविधिहरू देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल पत्रकार महासंघ सिराहा शाखालाई जानकारी गराउन आग्रह गर्दै सभापति बनैताले अवैध र अनैतिक कार्यमा संलग्न व्यक्तिहरूलाई तत्कालै कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सभापति बनैताले १०/१५ जना गैर पत्रकारहरुले प्रहरीसँग साँठगाँठ गरी असुली धन्दा चलाएको गुनासो आएपछि विज्ञप्ति जारी गर्नु परेको जानकारी दिए । उनले भने, ‘आज विज्ञप्ति मार्फत् सचेत गराएका छौं । फेरी पनि गुनासो आए कानूनी उपचार खोज्छौं ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij