Logo

May 30 2025 | २०८२, जेठ १६ गते

May 30 2025 | २०८२, जेठ १६ गते

बुटवलमा आमा र २ छोरीको विभत्स हत्या

बुटवलमा आमा र २ छोरीको विभत्स हत्या

  • काठमाडौं । बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको हत्या भएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की ३ जनाको हत्या भएको जानकारी दिए । आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या भएको छ ।

    images

    हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुरज कोइराला छन् । प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन् । अहिले भने डिभोर्स गरेर छुट्टै बसिरहेको खुलेको छ ।

    सुजन यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भएका थिए । तर केही वर्षपहिले उनलाई कैद माफी दिइएको बताइएको छ । पूर्वपति सुजनले घरमै बोलाएर पूर्वश्रीमती र छोरीहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्ध विच्छेदपछि दीपाले अर्का युवासँग विहे गरेकी थिइन् । विहेपछि दुई छोरीको जन्म भएको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij