Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।
शुक्रबार तोलाको १ लाख ८८ हजार ५ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ ।
शुक्रबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोवार भैइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij