Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । युक्रेनको सीमा नजिक रहेको रुसको एउटा पुल भत्किँदा कम्तीमा पनि सात जनाको मृत्यु भएको छ। कयौँ भारी ट्रक एकै साथ पुल भएर गइरहँदा शनिवार साँझमा ब्रेन्स्कमा राजमार्गमा बनेको पुल खसेर रेल्वे ट्र्याकमा खसेको थियो ।
ठ्याक्कै यतिबेला रेल्वे ट्र्याकमा यात्रुबाहक रेल गइरहेको थियो । यस घटनामा अरू ३१ जना घाइते भएको बताइएको छ । अग्नि तथा उद्धार एकाइले रेलमा यात्रा गरिरहेका मानिसहरू खोज्ने प्रयास गरिरहेको रुसी आकस्मिक मन्त्रालयले भनेको छ ।
यस घटनामा सात जनाको मृत्यु भएको स्थानीय गभर्नर अलेक्जान्डर बोगोमाजले टेलिग्राममा भनेका छन् । एक जना बालबालिका समेत अरू दुई जना गम्भीर रूपमा घाइते भएको उनले बताए ।
घाइते सबैको ब्रेन्स्कका अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ । घटनामाथि छानबिन सुरु भएको जनाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij