Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले आज बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन्।
सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयर गर्ने कम्पनीले आज बिहानैबाट भाडा बढाएर मोबाइल एपमा राख्न थालेका हुन्।
आज पनि बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभ, टुटल लगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र बढी भाडा लिएको गुनासो आउन थालेपछि नेपाल प्रहरीले उजुरी दिन आग्रह गरेको छ।
यात्रु ठगीमा परे नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन प्रहरीले अनुरोध गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij