
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । प्रतिनिधिसभाको आज बुधबारका लागि तय भएको बैठक बस्दै नबसी स्थगित भएको छ । विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राखेपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।
अब बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्ने तय भएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
आज बिहान ११ बजे बैठक बस्ने तय थियो । सभामुख घिमिरेले बैठक राखेर विपक्षी दलहरूसँग सहमति खोज्ने प्रयास गरे पनि त्यसले सार्थकता पाउन नसकेपछि बैठक दिउँसो ३ः१५ बजेलाई सारिएको थियो । तर, अन्ततः बैठक बस्दै नबसी स्थगित भएको हो ।
यसअघि हिजो मङ्गलबारको बैठक पनि यसैगरी स्थगित भएको थियो ।
विपक्षी दलहरूले भिजिटि भिसामार्फत हुने गरेको मानव तस्करीमा आर्थिक लेनदेनको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरोध गर्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij