Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राज्य व्यवस्था तथा सुशासन समिति बैठक

नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदानमा सरलीकृत गर्छु : गृहमन्त्री

नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदानमा सरलीकृत गर्छु : गृहमन्त्री

  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्ने बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथिको छलफलका क्रममा मन्त्री लेखकले स्वघोषणा गरेका आधारमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्दै लैजाने बताएका हुन्।

    AGNI GROUP

    बुबाको नागरिकता भए तत्काल नागरिकता दिने र आमाको नागरिकतामात्रै भए बाबु खोज्ने परिस्थीतिले जटिलता उत्पन्न भएकाले नागरिकता विधेयकको संशोधनले त्यसलाई समाधान गर्ने उनले बताए। गृहमन्त्री लेखकले अंगीकृत नागरिकका विषयमा देखिएका जटिलतालाई समेत विधेयकले सम्बोधन गर्ने उल्लेख गरे।

    देशभरका सवै जिल्ला प्रशासन कार्यालयका साथै इलाका कार्यालयबाट व्यवस्थीत रुपमा नागरिकता वितरण भइरहेको उल्लेख गर्दै उनले टोकन प्रणालीमार्फत परामर्शसहित सेवा प्रदान भइरहेको जानकारी दिए।

    नागरिकता सम्बन्धी समस्या समाधानका लागि विधेयक महत्वपूर्ण भएकाले चाँडोभन्दा चाँडो विधेयक अघि बढाउन उनले समिति समक्ष आग्रह गरे।

    नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि ८० भन्दा बढी विषयमा संशोधन प्रस्ताव दर्ता भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij