Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फरार कसुरदारहरु पक्राउ

फरार कसुरदारहरु पक्राउ

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार एकै दिन विभिन्न मुद्दाका आठ कसुरदारलाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका आठ जनालाई एकै दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिए । पक्राउ परेका आठ जनामध्ये बैंकिङ कसुरका चार, चेक अनादर तीन र कुटपिट एकजना रहेका छन् ।

    AGNI GROUP

    पक्राउ परेका आठजना कसुरदारको २४ दिन कैद भुक्तान बाँकी रहेको छभने रु एक करोड ६१ लाख आठ हजार ४४२ जरिवाना असुल गर्न बाँकी रहेको उनले जानकारी दिए । बैंकिङ कसुरमा पक्राउ पर्नेमा भीमबहादुर विश्वकर्माको २३ दिन कैद भुक्तान र ८० लाख जरिवाना रहेको छ ।

    त्यसैगरी बैंकिङ कसुरमै कमला केसीको ७९ लाख ८८ हजार, बैंकिङ कसुरमै बत्ती विकको रु एक लाख र एक दिन कैद भुक्तान, बैंकिङ कसुरमै शिवलाल लम्सालको १६ हजार ७५०, चेक अनादरमा झवनाथ भण्डारीको दुई हजार, चेक अनादरमै अमराज गुरुङको एक हजार, चेक अनादरमै गङ्गामाया गुरुङसेनीको ५८२ असुली गर्न बाँकी रहेको छ ।

    त्यसैगरी कुटपिटमा ढालबहादुर सुनारको रु ११० असुली हुन बाँकी रहेको सूचना अधिकारी चौधरीले बताए । जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने कार्यका लागि जिल्लाबाट प्रहरी खटिएर पक्राउ गरेको हो । न्यायिक कारबाहीलाई पूर्णता दिँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चिततामा जोड दिएको उनले बताए ।

    जिल्ला अदालतले विभिन्न मितिमा फैसला गरेको मुद्दापश्चात् फरार रहेका कसुरदारलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा जरिवाना तथा कैद भुक्तानका लागि उपस्थित गराएको उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij