Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसद भवनमा प्रतिपक्षी दलको बैठक जारी

संसद भवनमा प्रतिपक्षी दलको बैठक जारी

  • काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको संयुक्त बैठक जारी रहेको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक जारी रहेको हो । 

    onlinepatrika
    Arghakhachi

    संविधान र गणतन्त्र पक्षधर संसद्‌मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा जारी रहेको उनको सचिवालयले जानकारी दिएको छ।

    AGNI GROUP

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले संसदमा अबरोध गरिरहेकाे बेला याे बैठक बसेकाे हाे ।

    पटक पटक स्थगित हुदैँ आएको हिजोको बैठक सुरू हुनासाथ प्रतिपक्षीले उठेर अवरोध गरे पनि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि प्रतिपक्षीले सो प्रस्ताव स्विकार गरेका थिएनन । त्यस पछि बैठकमा अबरोध कायमै भए पछि सभामुख घिमिरेले आज दिउँसो १ः०० बजेसम्मलाई बैठक स्थगित गरेका थिए । तर, अझै सुचारू हुन सकेकाे छैन । 

    बैठकमा उपप्रधान तथा गृह मन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०८२८३ का लागि पेश गरेको बजेटका बारेमा छलफल गर्ने कार्यसुची रहेको छ तर निरन्तर अबरोध र स्थगितले बजेट माथी छलफल हुन नै सकेको छैन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij