
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । तुलसीपुरको बखरियामा बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् ।
दंगीशरणको गोल्टाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको यात्रुवाहक बस आज बिहान पौने ११ बजे बखरिया ओरालोमा पल्टिएर दुर्घटना भएको हो ।
ओरालोमा ब्रेकले काम नगरेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij