
Jun 30 2025 | २०८२, असार १६ गते
काठमाडौं । सेयर बजार परिसूचक सोमबार (असार१६) ९.१९ अंकले बढेको छ । यो सँगै बजार २६३१.४८ विन्दु कायम छ ।
१४५ कम्पनीको सेयर मूल्य बढेको छ । १०३ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढे पनि कारोबार रकम घटेको छ । ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर ६३ हजार ३७१ पटकमा खरिद–बिक्री भएको हो । आइतबार (असार १५) सात अर्बमाथिको कारोबार भएको थियो ।
राप्ती हाइड्रो, धौलागिरि लघुवित्त, विन नेपाल लघुवित्त, सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक उच्च कमाउने शीर्ष पाँच कम्पनीमा परे ।
पञ्चकन्या माई हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, पिपुल्स हाइड्रो, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी उच्च गुमाउने शीर्ष पाँच कम्पनी रहे ।
फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत् र अन्य समूह सूचक घटेको छ । बाँकी समूह सूचक बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij